बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको बढ्यो भाडा (सूचीसहित)

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको बढ्यो भाडा (सूचीसहित)

मेगा खबर संवाददाता

२७, चैत्र २०७८
  • 2.0K
    SHARES

  • काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको बढ्यो भाडा (सूचीसहित)

    सरकारले बागमती प्रदेश काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको छ ।

    नयाँ वर्षदेखि लागू हुने गरी बागमती प्रदेश सरकार अन्तर्गतको श्रम,रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर बढाए । मन्त्रालयले चैत २४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको जनाएको छ ।

    मन्त्रालयका अनुसार चढ्ने वित्तिक्कै २० रुपैयाँ तिर्नुपर्ने छ । यात्रुहरूले अब ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ तिर्नुपर्ने छ ।०–१० किलोमिटरमा २५ रुपैयाँ, ०–१५ किलोमिटरमा ३० रुपैयाँ तथा ०–२० किलोमिटरमा ३३ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ समेत तिर्नुपर्ने छ ।

    आइतवार, चैत्र २७ २०७८०७:०३:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार