बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

के तपाईलाई पातलो कम्मर चाहिएको छ ? यी १० खानेकुराको सम्मिश्रण गर्नुहोस्

के तपाईलाई पातलो कम्मर चाहिएको छ ? यी १० खानेकुराको सम्मिश्रण गर्नुहोस्

मेगा खबर संवाददाता

१२, चैत्र २०७८
  • 3.3K
    SHARES

  • के तपाईलाई पातलो कम्मर चाहिएको छ ? यी १० खानेकुराको सम्मिश्रण गर्नुहोस्

    न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् । विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै सघाउने गर्छ ।

    जसलाई पेट बढ्यो भनेर चिन्ता छ,उनीहरुका लागि पनि यो असाध्यै फाइदाजनक छ । ओटमिल र ओखरको सम्मिश्रणले शरीरलाई सन्तुलित पौष्टिक तत्व प्रदान गर्छ । ओटमिल एकातिर फाइबरको राम्रो स्रोत हो भने ओखरमा फाइबरका साथै फ्याट र प्रोटिनको राम्रो स्रोत हुन्छ । तौल नियन्त्रणका लागि यो निकै राम्रो सम्मिश्रण मानिन्छ ।

    पिनट बटर र केलाः

    पिनट बटर सँथै केला खाँदा हाम्रो शरीरले असाध्यै धेरै पोषक तत्व पाउँछ । यो गुड कार्ब्स, हेल्दी फ्याट र प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ । जसलाई तीब्र रुपमा तौल कम गर्न मन लागेको छ, उनीहरुले यो सम्मिश्रणलाई अपनाउनुपर्छ ।

    अण्डा र क्याप्सिकमः

    प्रोटिनको राजा भनिने अण्डाले हाम्रो मेटाबोलिजमलाई बुस्ट गर्ने काम गर्छ । भिटामिन सीयुक्त क्याप्सिकमसँग अण्डा खाँखा हाम्रो भोक लामो समयसम्म शान्त रहन्छ भने शरीरमा जमेको बोसो पनि तीब्र रुपमा कम हुने गर्छ ।

    दाल भातः

    दाल प्रोटिनको निकै राम्रो स्रोत हो । जबकी भातमा हुने कार्ब्सले हाम्रो शरीरलाई भरपुर ऊर्जावान् राख्छ । तौल घटाउन चाहनेहरुका लागि यी दुईको सम्मिश्रण निकै राम्रो मानिन्छ ।

    दही र बेरिजः

    शोधमा यो प्रमाणित भइसकेको छ कि दहीले तौल घटाउन निकै सहयोग गर्छ किनभने यसमा क्याल्सियम, भिटामिन डी, प्रोटिन र अमिनो एसिडको सम्मिश्रण पाइन्छ । पानीको मात्रा अत्यधिक भएको बेरिजसँग दहीको सेवन गर्दा तौल घटाउने गतिलाई बढाउन सकिन्छ ।

    शनिवार, चैत्र १२ २०७८०८:०९:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार