धादिङ । लगातारको वर्षातका कारण उत्तर धादिङको जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्न गाउँबासीले आग्रह गरेका छन् ।
पहिरोले पटक पटक जोखिम भनिएका बस्तीहरु स्थानान्तरण गर्नुका लागि जिल्ला विपद व्यवस्थापन समितिले वागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँंग माग गरेको हो ।
समितिको यही भदौ २ गतेको निर्णयले बस्ती स्थानान्तरण गर्नका लागि सिफारिस गर्दै पहल थालेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
रुवीभ्याली गाउँपालिकाको वडा २ आरनडाँडा, वडा ४ हिन्दुुङ, वडा ५ कपुरगाउँ झक्री टोल, लामा टोल, निवेर वडा ६ तीर, र गंगाजमुना गाउँपालिकाको वडा १ को किचेत पहिरोको उच्च जोखिममा परेकोले बस्ती स्थानान्तरण गर्न माग गरिएको हो ।
बस्ती स्थानान्तरणको सिफारिस पछि गाउँमा समस्या आइरहेको र जोखिम बढेका कारण तीन ओटा टोलबासीले निर्णय गरी आज बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमसँग स्थानन्तरणको माग गरेका छन् ।
रुबीभ्याली ५ कपुरगाउँको लामाटोल, झाँक्रीटोलको १ सय १ घर, नेवेर गाउँको ८२ घर र तिरगाउँको ७५ घरधनीहरुले आफूहरु स्थानान्तरण गर्न चाहेको सामूहिक निवेदन सहित प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँग माग गरिएको कपुरगाउँका दिनेश तामाङले बताएका छन् ।
बस्तीहरुमाथीबाट पहिरो आएर गाउँ जोखिम भएको छ भने केही घर क्षति पुगि सकेकोले समस्यआइरहेको गाउँबासीको भनाइ छ ।
सो क्षेत्र भूकम्पपछि नै जोखिम सूचिमा रहेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।