स्वास्थ्य विशेषज्ञहरूले काटेर राखेको फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक नभएको बताउँछन् ।
आयुर्वेद फिजिसियन डाक्टर नाजिया खानले फलफूल काट्ने वित्तिकै खानुपर्ने बताउँछिन् । उनी फलफूल काटेर राख्दा त्यसमा सूर्यको प्रकाश सिधा पर्ने भएकाले पोषक तत्वमा कमी आउने बताउँछिन् । उनले काटेर राखिएको फलफूल छिट्टै सड्ने पनि बताइन् ।
व्यस्त जीवनशैलीका कारण मानिसहरु फलफूल काटेर राख्ने र लामो समयपछि सोही फलफूल खाने गर्छन् । फलफूल काटेर लामो समयसम्म राख्दा त्यसमा हुने भिटामिन सी, बिटा केरेटेनाइड्स, एन्टिअक्सिडेन्ट, मिनरल र अन्य पोषकतत्वहरुमा कमी आउँछ । फलफूल प्रकाश र अक्सिजनको सीधा सम्पर्कमा आउँदा भिटामिन सी गायब हुन्छ । यसका साथै, फल प्राकृतिक रुपमा बोक्राले ढाकिएको हुन्छ । जसका कारण यसमा रहेको भिटामिन ए र ई पनि हुन्छ ।
फलफूलमा एन्टिअक्सिडेन्टबाट हुन्छ र काटेर खुला राख्दा अक्सिजनसँग प्रतिक्रिया जनाएर विशाक्त बन्न थाल्छ । त्यसैले काटिएको सट्टा ताजा फल खानुहोस् । बजारमा पाइने काटिएको फल,सलाद, फ्रुट स्याडविच आदि खानबाट जोगिनु आवश्यक छ । किनकी यसमा संक्रमण र खाद्य विषाक्तको पुरापूर सम्भावना हुन्छ । यस्तोमा काटिएको फल देख्न जत्तिकै राम्रो भए पनि अपच हुन सक्छ । फल काटेर वा नरम बनाए खानु हुन्छ भने ताजा नै खानुहोस् ।
ग्लास वा स्टील एयरटाइड कन्टेनरमा स्टोर गर्नुहोस्
फल काट्नाले यसको रेस्पिरेशन दर बढ्छ । जसका कारण यसमा कार्बनडाईअक्साइड रिलिज हुन्छ र शुुगरको मात्रा पनि बढ्छ । यसबाट फलको रंग त्यसको टेक्श्चर सबै प्राभवित हुन्छ । यसलाई काटिएको १० मिनेटभित्र खानु राम्रो हुन्छ । यदि स्टोर गर्नु नै छ भने पनि ग्लास वा स्टीलको एयरटाइड कन्टेनरमा रेफ्रिजरेट गरेर ३ देखि ४ घन्टासम्म राख्न सकिन्छ । यसो गर्नाले फलमा रहेको पोषक तत्व नष्ट हुनबाट जोगिन्छ ।
खानु भन्दा पहिले त्यसलाई पानीले राम्ररी पखाल्नु पर्छ । बिना बोक्रा फल खानाले त्यसमा भएको फाइबरको मात्रा पनि रहिरहन्छ । स्याउ, गाजर र काँक्रो जस्ता फल बिना बोक्रा खादा पनि स्वादिष्ट लाग्छ । स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । यसो नगर्नाले फल प्रदूषित भएर तपाईको पाचन प्रणालीलाई नोक्सानी पु¥याउन सक्छ ।
फलका किसिम अनुसार काटेर राख्ने समय फरक हुन्छ । न्यूट्रिसियनिस्ट बिन्दु बजाजका अनुसार फल काट्नाले त्यसमा रहेको बी कम्प्लेक्स भिटामिन, फाइबर र मिनरल नष्ट हुन्छ । प्लास्टिकको टिफिनमा फल राख्नु पनि स्वास्थ्यका लागि ठीक हुन्न । बोक्रा सहित फल खानु तपाईको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।