बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आनन्द मा.विका शिक्षकको कुटपिटबाट ११ बिद्यार्थी घाईते

आनन्द मा.विका शिक्षकको कुटपिटबाट ११ बिद्यार्थी घाईते

मेगा खबर संवाददाता

३, चैत्र २०७८
  • 4.2K
    SHARES

  • आनन्द मा.विका शिक्षकको कुटपिटबाट ११ बिद्यार्थी घाईते

    सिन्धुपाल्चोक, बलेफी गाउँपालिका १ जलबिरेस्थित श्री आनन्द माध्यमिक विद्यालयका अध्ययनरत ११ कक्षाको विद्यार्थीहरुलाई शिक्षक दिपक तामाङले पाएपको लठ्ठीले कुटपिट गर्दा चैत्र २ गते बुधबार १०:३० बजे ११ जना घाइते भएका छन् ।

    हाेली खेलेकाे निहुँमामा विद्यार्थीहरुलाई विद्यालय सहायक प्रध्यानध्यापक  तामाङले लठ्ठीले हानेका हुन् । विद्यार्थीहरुको हात फ्याक्चर र शरीरमा नीलडाम भएको छ । पीडित पक्षले जलविरे इलाका प्रहरी कार्यलयमा जाहेरी दिएका छन् । पीडित विद्यार्थी पक्षले शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्नको निमित्त प्रसासन समक्ष माग गरेका छन् ।

    पिडित दिपिका श्रेष्ठको ढाडमा नीलडाम र हात समेत फ्याक्चर भएको छ भने सीमा श्रेष्ठ, सप्रीना भुजेल, सम्झना श्रेष्ठ, राजकुमार सुनवार, विजय बहादुर भण्डारी, दिलिप श्रेष्ठ ,नोर्माई स्याङ्बो घाइते रहेका छन् ।

    सो विषयमा आफु स्कुलमा नभएको बेला घटना घटेको हुनाले विस्तृत रुपमा पिडित विद्यार्थी र कुटपिट गर्ने शिक्षकसगँ बसि छलफल गर्ने प्रधानध्यापक शिव क्षेत्रीले मेगाखबरलाई बताए ।

    कुटपिट गर्ने शिक्षक राहत दरबन्दीका दिपक तामाङ लाई स्थायी दरबन्दीको स्थानमा ल्याइएको थियो । लगभग २ महिना अगाडि स्थायी दरबन्दी भएको ठाउँमा राहत दरबन्दी ल्याउन हुँदैन भनेर स्थानीय,विद्यार्थीहरुले तालाबन्दी गरेका थिए ।

    अभिभावक र विद्यार्थीहरुले कडा भन्दा कडा कारवाही नगरीए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।   सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीसगँ घटनाको विषयमा जलबिरे इलाका प्रहरी कार्यलयले कुनै पनि जानकारि नगराएकोले अनुसन्धानबाट मात्रै थप कुरा प्रस्ट हुने मेगाखबरलाई बताए ।

    बिहिवार, चैत्र ३ २०७८०८:३५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार