शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ ।
सार्वजनिक पाठ्यक्रम अनुसार अब अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिनेछ । आयोगले यसअघि एक सय पूर्णाङ्कको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो ।
परीक्षामा १०० पूर्णाङ्क राखिएको छ भने ५० पूर्णाङ्क उत्तिर्णांक राखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।