बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने निर्णय

अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने निर्णय

मेगा खबर संवाददाता

२६, फाल्गुण २०७८
  • 1.3K
    SHARES

  • अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने निर्णय

    एसईई परीक्षामा अबदेखि उमेर हद नलाग्ने भएको छ ।

    एसईई दिन यसअघि १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको छ ।  विद्यालय  तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको हद पनि कक्षा १२ को  वार्षिक  परीक्षामा  मात्रै  लाग्ने  शिक्षा  मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका प्रवक्ता दीपक शर्माले १४ वर्षे  उमेर  हदको व्यवस्था खारेज गरिएको बताए । उमेर हदसम्बन्धी कानुन यसअघि नै संशोधन भए पनि कार्यान्वयन भने यस पटकबाट हुने मन्त्रालयको भनाइ छ । 

    बिहिवार, फाल्गुण २६ २०७८११:००:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार