सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा पार्टि प्रवेश गरेका छन् ।
०७४ को स्थानीय तह चुनावमा उनी एमालेबाट उम्मेदवार बनेर जितेका थिए । उनलाई प्रधानमन्त्री देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् । एमाले सिन्धुपाल्चोकका नेताहरू कृष्ण क्षेत्री,सुवास सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन् ।
गाउँपालिका अध्यक्ष क्षेत्रीले मेगाखबरसगँ गरेको कुराकानिः
- तपाई नेपाली कांग्रेसमा प्रवेश गर्नुपर्ने अवश्था किन आयो ?
मेरो एउटा डिउटि थियो एमाले पार्टिको हित गर्दै आम जनताको विकास निर्माणको इच्छा आकाङ्क्षलाई पुरा गर्नु । कति सकेँ कति सकिन भन्ने कुरा इतिहासले प्रमाणित गर्ने छ। नेताको ढोका नचारिकन, कसैको नाता नभई कमिटिमा बस्न नपाईने जनताको, कार्यकर्ताको बलमा नेकपा एमाले भित्र पद नपाउने स्थिति बन्यो र एउटा कुरा के भन्न चाहन्छु भने "पार्टि फुटाएर सात प्रदेश मध्ये छ प्रदेशमा सरकार गुमाउने, केन्दिय सरकार गुमाउने, दुई तिहाईलाई तिलान्जलि दिने",कारणले गर्दा, ने.क.पा एमालेका अध्यक्ष केपि ओलीका केहि निकट हुन चाहनेहरुले बाको संस्कार भित्र्याए ।
म के भन्छु भने "बा र आमा एउटा मात्र हुन्छ, का का,दाई,दिदिहरु धेरै हुन्छन्,तेस्तै हुनाले त्यो संस्कार मलाई मन परेन " र पार्टि छोड्न पुगे ।
- तपाई माधव नेपाल निकट हुँदा हुदैँ पनि समाजवादिमा नगई पदको आश्वाशन पाएको कारण नेपाली कांग्रेसमा प्रवेश गर्नु भयो भन्ने एमालेका कार्यकार्ताको आरोप छ नि के भन्नुहुन्छ तपाई ?
मैले समाजवादिबाट धेरै राम्रो पद पाएको थिए । ने.क.पा, एमालेबाट पनि पर्टि नछोड्नुस् सि.पा १ छेत्रबाट प्रर्तिनिधि सभाको टिकट दिन्छाै भन्ने सम्मको आश्वाशन आएको थियो । यदि आश्वाशनको बाटो लाग्ने भए तेतै लाग्ने थिए । "म राजनितीक प्राणि हुँ" भोलि पनि राजनितीक गर्छु कमिटमेन्ट गरेर पद पाउने होइन तर नचाहेर पनि भोलि पाउन सक्छ ।
- अब आउने चुनावमा कांग्रेसबाट स्थानिय,प्रदेश वा संघ कुन ठाउँबाट टिकट लिएर जनतामा जाने बिचार गर्नुभयो ?
गाउँपालिकाको चुनावमा म दोरिएर आउदिन भन्ने मेरो पहिला पनि भनाई थियो र अहिले पनि पालिकाबाट आउदिन खासगरि म अहिले कांग्रेसमा भर्खर प्रवेश गरेको छु । पार्टिले माैका दिएमा पालिका बाहेक संघ वा प्रदेशबाट चुनाव लड्न तयार छु ।
- तपाई एम्.सि.सि को बारेमा के भन्नु हुन्छ ?
म एम्.सि.सि को पक्षमा छैन देशका मेजर पार्टि सबै पक्षमा देखा परे जनतालाई सडकमा दु.ख नदिई कुनै विवाद नगरि एउटा आम सहमति गरि पास गरेको भए त रास्ट्रको लागि हित हुन्थियो होला । प्रकृया गलत भयो तेसैले नेकपा एमाले, माओवादि,समाजवादि तिनै पार्टिसगँ विमति रहयो । बिशेसत एमाले सगँ मेरो विमति रहयो ।
- तपाई पार्टि परिवर्तन गर्दै गर्दा जिताएर गा.पा अध्यक्ष बनाउन सहयोग गरेका एमालेका कार्यकर्ता र स्थानिय जनतालाई के भन्न चाहनु हुन्छ ?
गाउँपालिकामा रहेर पाँच वर्ष सम्म काम गर्दा काममा सगाउनु हुने एमालेका साथिहरुसगँ कहिले काहिँ मनमुटाव भयो कहिले काहिँ विवाद भयो तर जनताको पक्षमा मैले गरेको प्रयत्न प्रति उँहाहरुले गर्नु भएको सहयोगको कृतग्यज्ञता बेक्त गर्दछू । अब बाकीँ एक दुई महिना अवधि छ लामो छैन बैसाक ३० मा हस्तानतरण नै गर्नु पर्छ तेसैले यो अवधि भित्र विवाद अप्ठ्यारो हुने काम गर्ने छैन । सबै बलेफी बासि जनप्रतिनिधिलाई पाँच वर्ष सम्म काम गर्न सहयोग गरिदिनु भएकोमा धन्यवाद ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।