बिहान चियासँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ । चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा,समोसा,अमलेट,फलफूल आदि पर्छन् ।
बिहान खाली पेटमा चियासँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान खाली पेटमा खाइने कतिपय खानेकुराहरुलाई ध्यान दिन आवश्यक हुन्छ । जसले दिनभरी उर्जा दिनुका साथै शरीरमा आउने विभिन्न समस्याबाट पनि बचाउँछ ।
विशेषज्ञका अनुसार खाली पेटमा केही पदार्थहरु खान हुँदैन । बिहान खाली पेटमा खाने केही खानेकुराले आन्द्रामा गम्भीर नोक्सान पुर्याउँछ । लामो समय सुतिसकेपछि मात्रै पाचन तन्त्रले काम गर्न सुरु गर्छ । यसका लागि खाना सुतेर उठेको २ घण्टापछि मात्रै खाने गर्नुपर्छ । खाली पेटमा कुन खानेकुरा खाँदा शरीरलाई बेफाइदा पुग्छ?
जुस
बिहान खाली पेटमा जुस पिउनु पनि फाइदाजनक हुँदैन । यसले पेटमा अनावश्यक भार दिने भएकाले शरीरलाई फाइदा गर्दैन । खाली पेटमा फलमा हुने फ्रक्टोजको रुपमा हुने चिनीले कलेजोमा अत्यधिक दबाव दिने भएकाले खाली पेटमा जुसको सेवन गर्न हुँदैन ।
मसलायुक्त खानेकुरा
खाली पेटमा मसला र पिरो खानेकुरा खाँदा पेटमा जलन पैदा हुन्छ । खाली पेटमा खाइने यस्ता खानेकुराले एसिडिक रियाक्शन गर्ने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउँछ । मसलाको प्रकृति अनुसार पाचन प्रक्रियामा समस्या आउँछ । त्यसैले बिहानको समयमा चर्को र मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ । बिहानको नास्तामा यस्ता खानेकुरा खानबाट बचौँ ।
दही
दहीमा ल्याक्टिक एसिड हुन्छ । यसले पेटमा अम्लियपना बढाउँछ । पेटमा अम्लताको स्तर बिगार्छ । खाली पेटमा दुधबाट उत्पादन हुने खानेकुराहरुले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ । जसले एसिडिटी बढाउँछ । त्यसले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।
नासपाती
नासपातीमा पाइने काँचो फाइबरले पेटमा हुने पातलो झिल्लीमा असर पार्छ । यसलाई खाली पेटमा सेवन गर्दा पेटमा दुखाई बढ्न सक्छ । त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।
कफी
एक कप कफीको सेवन गर्न उपयुक्त नै हुन्छ । कहिलेकाँही खाली पेटमा भने कफीको सेवन गर्न हुँदैन । खाली पेटमा पाचन तन्त्रलाई समस्या पार्छ ।
अमिलो फलफूल
फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कुनै कुनै फलफूल बिहानको समयमा खान हुँदैन । केही फलफूलहरुको स्वाद अमिलो हुन्छ । ति फलफूलको सेवनले पेटमा एसिड उत्पादन गर्छ । यस्ता फलफूलमा अधिक मात्रामा फाइबर र फ्रक्टोज पनि हुन्छ । जसले खाली पेटमा पाचन तन्त्रलाई कमजोर बनाउँछ ।
काँचो तरकारी
बिहान खाली पेटमा काँचो तरकारीको सेवन गर्न हुँदैन । किनकी विशेषज्ञहरुले यस्तो खानेकुराको सेवन गर्ने सल्लाह दिँदैनन् । काँचो तरकारीमा फाइबरको मात्रा भरपुर हुन्छ । यसले खाली पेटमा अतिरिक्त भार पार्ने भएकाले यसको सेवन गर्न हुँदैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।