बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिलौटोमा मसला पिस्नुको फाइदा कति ?

सिलौटोमा मसला पिस्नुको फाइदा कति ?

मेगा खबर संवाददाता

९, फाल्गुण २०७८
  • 1.3K
    SHARES

  • सिलौटोमा मसला पिस्नुको फाइदा कति ?

    गाउँमा अझैपनि कयौँ घरमा सिलौटोको प्रयोग हुँदै आएको छ । शहरमा जहाँ २४ सै घन्टा बिजुली हुन्छ, त्यहाँ भान्सामा सिलौटाको स्थान मिक्सरले लिएको छ । सानो छँदा हामी ठूलाले सिलौटोमा अचार, मसला पिनेको देख्थ्यौँ । मिक्सरमा छोटो समयमा नरिवलदेखि लिएर पिरो खुर्सानीसम्म पिसेर पेस्ट बनाइन्छ ।

    यसबाट समय बच्ने र खुर्सानी मसला पिस्दा हात पोल्ने समस्याबाट छुटकारा पाइन्छ । सिलौटोदेखि  मिक्सरसम्मको दुरीपश्चात् यसबाट कतै स्वास्थ्यमा कुनै असर त परेको छैन भन्ने प्रश्न उठेको छ । हामी सिलौटामा पिसिएको मसलाको फाइदा बारे कुराकानी गरिरहेका छौँ । यसबारे भारतकी डाइटिसियन अनीता झा यस्तो भन्छिन् ।

    सिलौटोमा मसला पिस्नुको फाइदा के छ?

    सिलौटोमा पिसेको मसलाको विशेषता भनेको यसले ताप उत्पन्न गर्दैनँ । धेरैजसो मसला गर्मी हुन्छन् भन्ने गुनासो आउने गरेको छ । कुनै मसला स्वभावैले गर्मी हुन्छन् भने केही मिक्सरमा पिसिएकाले गर्मी हुने गर्छन् । यस्तो अवस्थामा यदि सिलौटोमा पिसियो भने यसले शरीरमा गर्मी उत्पन्न गर्दैनँ ।

    मसलाको स्वाद बढाउँछ

    सिलौटोमा पिसिएको मसला विशेष हुन्छ र यसको स्वाद पनि फेरिँदैन । जब यो मसला तरकारीमा हालिन्छ यसले स्वादसमेत बढाउँछ । मिक्सरको ब्लेडका कारण मसलाको स्वाद बदलिन्छ । ग्राइन्डरमा पिसिएको लसुनको स्वादमा धेरैजसो कडापन पाइन्छ ।

    भोक नलाग्ने समस्या हट्छ

    जसलाई भोक नलाग्ने समस्या छ, उनीहरुका लागि सिलौटोमा पिसेको मसला र अचार राम्रो हुन्छ । सिलौटामा पिसिएको मसलाको बास्ना पनि मिठो आउँछ । यो सुगन्ध नाकको माध्यमबाट दिमाग सम्म पुग्छ र खाने इच्छा र भोक बढाउँछ । तर मिक्सरमा पिसिएको मसला यस्तो हुन्नँ ।

    हातको पनि व्यायाम हुने

    सिलौटोमा मसला पिस्दा हातको राम्रो व्यायाम हुने गर्छ । यसैगरी मसला वा अचार पिस्दा जुन आसनमा बसिन्छ, यसबाट राम्रै व्यायाम हुन्छ । यसबाट पेटमा दबाब बन्छ र पेट भित्रतर्फ पस्छ । सिलौटोमा नियमित रुपमा मसला पिस्ने हो भने पेट र जाँघको आसपासको बोसो कम हुन जान्छ ।

    सोमवार, फाल्गुण ९ २०७८१२:४३:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार