बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शिक्षक सेवा आयोगले तोक्यो प्राथमिक तहको परीक्षा केन्द्र

शिक्षक सेवा आयोगले तोक्यो प्राथमिक तहको परीक्षा केन्द्र

मेगा खबर संवाददाता

९, फाल्गुण २०७८
  • 2.4K
    SHARES

  • शिक्षक सेवा आयोगले तोक्यो प्राथमिक तहको परीक्षा केन्द्र

    शिक्षक सेवा आयोगले प्राथमिक तहको परिक्षा केन्द्र तोकेको छ ।

    आइतबार आयोगले १९ चैतमा हुने प्राथमिक तह खुल्ला तर्फको लागि परिक्षा केन्द्र तोकेको छ । आयोगका अनुसार प्रदेश १ का लागि झापा, मोरङ, सुनसरी र उदयपुर,मधेश प्रदेशका लागि धनुषा र पर्सा, बागमती प्रदेशका लागि चितवन, मकवानपुर, काठमाडौं र ललितपुर कायम गरिएको छ ।

    यस्तै गण्डकी प्रदेशका लागि बागलुङ, कास्की र तनहुँ, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कपिलबस्तु, दाङ र बाँकेमा कायम गरिएको छ ।

     कर्णाली प्रदेशका लागि सुर्खेत, सुदूरपश्चिमका लागि कैलाली र कञ्चनपुरमा परिक्षा केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।    

    सोमवार, फाल्गुण ९ २०७८०७:२२:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार