काठमाडौँ । नेपाली काँग्रेसले नेपाली साहित्यका एक अथक साधक राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी घिमिरेको १०१ वर्षको उमेरमा भदौ २ गते आफ्नै निवास लैनचौरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
“राष्ट्रकविले नेपाली साहित्यमा थुप्रै कृति छाडेर जानुभएको छ, उहाँको निधनबाट राष्ट्रले साहित्य क्षेत्रको एक धरोहरलाई गुमाउनुका साथै साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ,”–विज्ञप्तीमा भनिएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले पनि राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । “नेपाली साहित्यका एक सम्मानित व्यक्तित्व घिमिरेको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ, साहित्य कृतिको क्षेत्रमा रहेर यसको श्रीवृद्धिमा घिमिरेले पु¥याएको योगदान कसैले बिर्सन सक्दैनन्,”–सभापति देउवाले भने ।
स्वर्गीय घिमिरेले नेपाली साहित्यका माध्यामबाट समाज परिवर्तनमा खेलेको भूमिका चीरकालसम्म अमर रहने देउवाको भनाइ छ । उहाँले घिमिरेको निधनसँगै राज्यले एक कुशल साहित्यकार गुमाएको बताएका छन् ।
सभापति देउवाले घिमिरेप्रति हृदयदेखि श्रद्धाञ्जलि व्यक्त गर्दै मृतक आत्माको चीरशान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।