नवलपुर । विनयी खोलामा माछा मार्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् ।
नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको जयकुटीमा माछा मार्ने क्रममा अर्जुन गुरुङ बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मोहनबहादुर खाँणकाअनुसार वडा नं २ का ४० वर्षीय अर्जुन गुरुङ माछा मार्ने क्रममा खोलामा बगेर बेपत्ता भएका हुन् । मङ्गलबार साँझ बेपत्ता भएका गुरुङको सुरक्षाकर्मी र स्थानीय मिलर खोजी कार्य तीव्र पारिएको खाँणले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।