बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शिक्षा मन्त्रालयको निर्णय : जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने

शिक्षा मन्त्रालयको निर्णय : जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने

मेगा खबर संवाददाता

५, फाल्गुण २०७८
  • 1.2K
    SHARES

  • शिक्षा मन्त्रालयको निर्णय : जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने

    काठमाण्डाै, सरकारले आउँदो शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षा लगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । 

    कोरोनाका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकाेले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय भएको उनले जानकारि दिए । 

    पालिकाले सञ्चालन गर्ने कक्षा आठलगायत कक्षा १० भन्दा तलका सबै परीक्षा वैशाखमा गरेर वैशाखभित्रै नतिजा प्रकाशन समेत गर्ने, विद्यालयले बनाउने वार्षिक कार्ययोजना वैशाखभित्रै बनाउने र भर्ना तथा पाठ्यपुस्तक समेत वैशाखभित्रै वितरण गरिसक्ने पनि प्रवक्ता शर्माले बताए । 

    स्थानीय तह चुनावका कारण विद्यालयहरू बन्द गर्नेपर्ने तथा कतिपय शिक्षकहरू चुनावमा खटिनुपर्ने भएकाले चुनावमा खटिने समयअघि नै नयाँ शैक्षिक सत्रअघि सम्पन्न गर्नुपर्ने सबै तयारी पूरा गर्ने पनि शिक्षा मन्त्रालयले जनाएको छ ।

    बिहिवार, फाल्गुण ५ २०७८१०:०६:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार