शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

रौतहटमा लाखौ अवैध रकम सहित २ भारतीय महिला पक्राउ

रौतहटमा लाखौ अवैध रकम सहित २ भारतीय महिला पक्राउ

मेगा खबर संवाददाता

३, भाद्र २०७७
  • 2.6K
    SHARES

  • रौतहटमा लाखौ अवैध रकम सहित २ भारतीय महिला पक्राउ

    रौतहट । रौतहटमा स्रोत नखुलेको लाखौ रकम सहित २ जना भारतीय महिला पक्राउ परेका छन् । 

    जिल्लाको गौर नगरपालिका वडा नं। ३ महादेवपट्टी स्थित दशगँजा क्षेत्रबाट अबैध रुपैया सहित भारतको विहार राज्य जिल्ला सितामढी बैरगनिया ग्राम पंचायत वडा नं १ सिन्दुरीयाकी ४५ वर्षिया शान्ति देवी र त्यही गाउँकी ४५ वर्षिया मिना देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    बुधवार विहान पौने १२ बजेको समयमा विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले अबैध नेपाली रुपैया ६ लाख ४० हजार नगद सहित ति दुवैजना महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

    महादेवपट्टी स्थित दशगँजा क्षेत्रमा घाँस काट्न भनि आएकी दुवैजना महिला झोला बोकेको देखेपछि उनिहरुमाथी प्रहरीको शंका लागेको थियो । शंकाको आधारमा प्रहरी टोलीले उनिहरुले बोकेको प्लाष्टिकको झोला चेकजाँच गर्दा झोला भित्र श्रोत नखुलेको उक्त अबैध रकम बरामद भएपछि शान्ति र मिना दुवैजनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए । 

    पक्राउ परेको अबैध रकम सहित ति दुवैजनालाई जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको र उनिहरुमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक खडकाले बताए ।

    बुधवार, भाद्र ३ २०७७०४:४९:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार