शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

मेगा खबर संवाददाता

३, भाद्र २०७७
  • 1.1K
    SHARES

  • राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

    लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मस्र्याङ्दी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
    आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो । 

    एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौँस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको थियो । राष्ट्रकवि घिमिरे लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ पुस्तन गाउँमा विसं १९७६ असोज ७ गते जन्मिएका थिए । राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ । 

    बुधवार, भाद्र ३ २०७७०२:१६:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार