बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आइतबारबाट विद्यालय खोल्ने यि नगरपालिकाको निर्णय

आइतबारबाट विद्यालय खोल्ने यि नगरपालिकाको निर्णय

  • 1.5K
    SHARES

  • आइतबारबाट विद्यालय खोल्ने यि नगरपालिकाको निर्णय

    उपत्यकाको गोकेर्णेश्वर नगरपालिकाले पालिकाभित्रका विद्यालयमा भौतिक पठानपाठन सञ्चालनको निर्णय गरेको छ ।

    संघ सरकारले माघ मसान्तसम्म विद्यालय, कलेज, विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा भौतिक उपस्थितमा पठनपाठन रोक्ने निर्णय गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहलाई परिपत्र भएको थियो ।

    गोकर्णेश्वरले भने २३ माघबाट भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन गर्ने निर्णय गरेको हो । एउटा कक्षामा २५ जनाभन्दा बढी विद्यार्थी नराख्ने गरी आलोपालो गरेर कक्षा सञ्चालनको निर्णय भएको नगरपालिकाका मेयर सन्तोष चालिसेले बताए ।

    संक्रमण बढेपछि सरकारले पुस अन्तिम साताबाट विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन रोकेको थियो । १५ माघसम्मका लागि पठनपाठन बन्द भए पनि फेरि लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ ।

    शुक्रवार, माघ २१ २०७८१०:१९:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार