त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित रहेका परीक्षाहरू यहि फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुनेछ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना निकालेर सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको छ ।
कार्यालयले विभिन्न तहको परीक्षाको तालिका सार्वजनिक गरेको छ । त्रिविले यसअघि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।