काठमाण्डाै विश्वविद्यालयले ब्याचलर अफ टेक्निकल एजुकेसन (बीटेकएड) को पठनपाठन सुरु गर्नेछ ।
विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी सिभिल इन्जिनियरिङ,मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि विषयमा बीटेकएडको पढाइ सुरु गर्न लागेको जानकारी दिए ।
प्राविधिक तथा व्यावसायिक शिक्षा अध्यापन गर्ने जनशक्ति उत्पादन गर्न पठनपाठन सुरु गर्न लागेको विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा, डा, बालचन्द्र लुइँटेलले जानकारी दिए । नेपालमा प्राविधिक तथा व्यावसायिक विषयको पठनपाठन सुरु भएको झन्डै साढे तीन दशक बितिसक्दा पनि ती विषय अध्यापन गर्ने शिक्षक उत्पादन नभएको बताउँदै उनले अब आफूहरूले नेपालमा पहिलो पटक ती विषय अध्यापन गर्ने व्यावसायिक जनशक्ति उत्पादन गर्ने बताए ।
जानकी कलेज अफ प्रोफेसनल स्टडिज जनकपुर, सिन्धुली सामुदायिक प्राविधिक इन्स्टिच्युट सिन्धुली र बुटवल टेक्निकल इन्स्टिच्युट बुटवलमा यी विषयको अध्ययन सुरु हुनेछ ।
उनले साधारण धारतर्फका शिक्षकले प्राविधिक विषय पढाउन नमिल्ने भएकाले अहिले त्यस्ता संस्थामा अध्यापनरत शिक्षकलाई अध्यापनको औपचारिक विधिसँग नजोडिएको बताए ।
बीटेकएड अध्ययन गर्न न्यूनतम कक्षा १२ वा सम्बन्धित विषयमा डिप्लोमा गरेको हुनुपर्ने तोकिएको छ । चार वर्षको अध्ययनका लागि पाँच लाख ७२ हजार रुपियाँ खर्च लाग्ने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले सिभिलमा २० जना, सूचना प्रविधिमा ५० जना र मेकानिकल विषयमा ३० जना विद्यार्थी भर्ना गर्ने जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।