बुढानीलकण्ठ १२, कपन अवस्थित घटराज मेमोरियल स्कुल ब्रिटिश काउन्सिलद्वारा प्रतिपादित अन्तराष्ट्रिय स्कूल अवार्ड २०२०-२१ संस्करणको विजेता बन्न सफल भएको छ ।
यस अवधारणा अनुरूप हरेक वर्ष एक शैक्षिक शत्र भित्र पाठ्यक्रम संग सम्बंधित रही विभिन्न ८ ओटा शैक्षिक परियोजनाको सफल संचालन गरी व्यवहारिक र समय सापेक्ष शिक्षा प्रवाह गर्ने विद्यालयलाई ब्रिटिश काउन्सिलले सम्मानित गर्ने व्यवस्था रहेको छ । ८ ओटा परियोजना मध्ये ३ ओटा अन्तराष्ट्रिय विद्यालय साझेदारी, एक निजी-सरकारी विद्यालय साझेदारी १ स्थानीय पाठ्यक्रममा आधारित र बाँकी ३ विद्यालय भित्रै एक शैक्षिक वर्ष भित्र संचालन गर्नु पर्ने हुन्छ ।
घटराजले अन्तराष्ट्रिय साझेदारी अन्तर्गत भारत र पाकिस्तानका तीन फरक विद्यालय र निजी-सरकारी अन्तर्गत श्री जनकल्याण मा. वि. महाँकालसँग साझेदारी गरेको थियो भने स्थानीय पाठ्यक्रम अन्तर्गत बुढानिलकण्ठ मन्दिरको विषयमा केन्द्रित हुदै शिक्षण परियोजना कार्यहरुको सफल सन्चालन गरेको थियो ।
यस सफलताले विद्यालयलाई अन्तराष्ट्रिय स्तरको शिक्षा प्रवाहमा थप उचाई र बल पुगेको भन्दै विद्यालयका प्रधानाध्यापक डा. राजेश राज भट्टराईले खुशी व्यक्त गर्नुभयो । साथै यस सफलताको लागि निरन्तर लागि पर्नु भएका आई. एस. ए.यात्राको संयोजक र विद्यालयका वरिष्ठ संयोजक प्रकाश कलेल, प्रोजेक्ट लिडरहरु मनाेज कुमार शाह,छिरिङ डाेल्मा तामाङ,सबिना माेक्तान,मनिशा बराल,समीक्षा अधिकारी ,सम्झना सिग्देल,जेसिका लामा र सम्पूर्ण शिक्षक शिक्षिकाहरु विद्यार्थी भाईबहिनीहरु,अभिभावकहरु र सम्पूर्ण शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
साथै यसै विद्यालयका अध्यक्ष रीना भट्टराई तथा एकेडेमिक डाइरेक्टर बिमला घिमिरेले समेत प्राेजेक्ट लिडर भई परियाेजना कार्य सफल बनाउनु भएकाे थियोे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।