बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

एसईई वैशाखमा हुने परीक्षा बोर्डको तयारी

एसईई वैशाखमा हुने परीक्षा बोर्डको तयारी

  • 1.5K
    SHARES

  • एसईई वैशाखमा हुने परीक्षा बोर्डको तयारी

    यस वर्षको एसईई परीक्षा वैशाखमा गर्ने तयारी भइरहेको सरकारले जनाएको छ ।

    अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको स्पष्ट पारे ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाखको सुरुमा परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको बताए । केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने उनले जानकारी दिए । वैशाखमा परीक्षा हुँदा पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने उनले बताए ।

    मङ्सिरमा यसअघि तालिका सार्वजनिक गरेर चैतमा एसईई परीक्षा हुने गर्थ्याे । कोभिड–१९ का कारण अघिल्ला दुई वर्षमा विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो । 

    आइतवार, माघ ९ २०७८१०:३६:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार