१२ सन्तान जन्माएकी मेरी आमा लगातार ९ सन्तान खेर गएपछि अम्मली हुनु भएछ ८० को उमेरपछि उहाँलाई दमले च्याप्यो । पछिल्लो पटक (५ वर्षअघि) उहाँ दमका कारण अक्सिजनको सहाराले रहने हुनुभयो ।
राति,सुत्दा अफ्ठेरो हुने भएकाले उहाँ आडिसिएर बस्नु हुन्थ्यो । म छेवैमा ल्यापटप लिएर बस्थे । निस् बद्ध रात । अक्सिजनको एकहोरो आवाज आमा र म अनि म किताबका लागि आवरण, कविताका लागि पोस्टर र पर्सनल ब्लग बनाइ रहेको हुन्थे । त्यस ताका म जसको ब्लग बनाइरहेको थिएँ उनको फोटो सपाट थियो ।
शृङ्गार नगरिएका फोटो आमा भन्नु हुन्थ्यो "बाटुलो मोहडा, ठुलो निधार भएकी रहिछन् यी नानी तर नाक, कान, निधार, हात बुच्चै रहेछ । कति सुहाउँथ्यो होला निधारमा टीका, कानमा टप, नाकमा यु टल्कने फुली भएको भए र हातमा नीला लस्करे चुराहरू छनछन बज्ने भएको भए" ।
आमालाई मैले भनिन् "आमा उहाँ कमरेड हो । मुठ्ठी बटार्नु हुन्छ । नारी बन्धन मान्नु हुन्छ टीका, चुरा फुलीलाई" । तर मैले फोटोसपबाट सधैँ आमाले भने जस्तै शृङ्गार गरिदिएँ । महिनौँ ती कमरेडको रचनामा काम गरेँ मैले आमासँगै।आत्मिक मान्न थाल्नु भएको थियो ।आमा व्रम्हलीन हुनु अघि त्यो बिहान म आमासँगै थिएँ र तिनी कमरेडको म्याटर, फोटो मेल गर्दै थिएँ । मेरी आमाको अन्तिम दर्शन आँखा बन्द हुनु अघि कुनै देवताको बिम्ब थिएन।उनै कमरेडको थियो।
आमाको कीर्ति शेषपछि मैले नाक, कान, निधार, हात बुच्चै नराख्दा राम्रो हुने कुरा बताउँदा ती कमरेडले कस्तो अपमान गरिन् मेरी आमाको । मेरी आमाले उनको संवेदनामा प्रहार गरेको, खिसी गरेको भन्ने अर्थ लगाइन् । मलाई पाखण्डी र वैचारिक दरिद्रको संज्ञा दिइन् । क्षमा चाहन्छु आमा ! कसैलाई प्रभाव पार्नु थिएन र पाउनु थिएन संवेदनाहरूसँग खेलेर भूल यति भयो आँखा चिम्लिएर विश्वास गरियो।अक्षरलाई मान्छे भएको वित्थ्याभिमान गरियो। म हारेको मेरो असफलताको अर्को कथा जो देख्न परेन । भ्रम सही ती कमरेड आमाका आँखामा उस्तै रहूँन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।