लामो समयसम्म पेट बढ्ने समस्या रहिरहने हो भने यसलाई घटाउन निकै मुश्किल हुन्छ ।
पेटमा बोसो बढेर ठूलो हुँदै गएको छ भने समयमा नै यसलाई घटाउने प्रयास गर्नुपर्ने हुन्छ । यसका लागि समयमा नै विभिन्न उपायहरु अपनाउन आवश्यक हुन्छ ।
१, चिनी र नुन
चिनीबाट बनेको खानेकुराले मोटोपन बढाउँछ । नुनमा सोडियम हुन्छ । यसले पनि मोटोपन बढाउने काम गर्छ । अध्ययनका अनुसार चिनी युक्त खाद्यपदार्थ र नुन युक्त खाद्यपदार्थले पेट बढाउँछ ।
२,व्यायाम
पेट घटाउन र मोटोपनबाट बच्न सबैभन्दा जरुरी कुरा भनेको व्यायाम नै हो । बढेको पेटलाई नियन्त्रणमा राख्न व्यायाम गर्न आवश्यक छ । त्यसैले पेट र कम्मरलाई ध्यान दिएर व्यायाम गर्ने गर्नुपर्छ ।
३,खाना खाने चाहनालाई नियन्त्रण
विशेषगरी चिसो मौसममा खाना खाने इच्छा धेरै हुन्छ । शरीरमा पानीको कमि हुँदा पनि खानेकुरा खाइरहने इच्छा जाग्छ । त्यसैले खानेकुरा खाने मन भएमा पानी पिउने गर्नुपर्छ । पानी पिउँदा पनि खाना खान मन लागेमा खाना खानुपर्छ ।
४,तातो पानी
तातो पानी पिउने बानी बसाल्नुहोस् । यसले चिसोबाट बचाउँछ । साथै,पेटको बोसो पगाल्ने काम पनि गर्छ । बिहान दूध हालेको चिया वा कफी पिउनुभन्दा तातो पानी पिउँदा पेट घट्दै जान्छ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय बनाउँछ । तातो पानी पिउने बानीले एक हप्तामा पेट घटेको अनुभव हुन्छ ।
५,फाइबर युक्त खाना
खानामा फाइबर भएमा सजिल्यै पचाउन सकिन्छ । खाना सजिल्यै पच्न थालेपछि मोटोपन पनि बढ्दैन । यसले एसिडिटी पनि नियन्त्रणमा राख्छ । त्यसैले मैदाबाट बनेको खानेकुरा खान कम गर्नुपर्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।