रातिको खाना र बिहानको नास्ता पेटमा लामो समयसम्म रहन्छ । बिहानको खानालाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।
बिहानको खानामा शरीरलाई उर्जा दिने र स्वस्थ राख्ने खानेकुरा खान आवश्यक छ । बिहान पोषक तत्वले भरपुर खानेकुरा खाने गर्दा खाना नखाँदासम्म पेट भरी रहन्छ । जसले अनावश्यक खानेकुरा खानबाट बच्न सकिन्छ ।
नास्तामा स्वस्थकर र उर्जा दिने खानेकुरा खाँदा तौल पनि नियन्त्रणमा रहन्छ । तौल कम गर्न चाहाने व्यक्तिहरुले तौल नियन्त्रण गर्ने खानेकुरा खान आवश्यक छ ।
दही
बिहान नास्तामा दही मिसाउँदा शरीरलाई निकै फाइदा पुग्छ । दहीले पेटको बोसो घटाउँछ । यसमा क्याल्शियमको मात्रा पनि प्रशस्त पाइन्छ ।
उपमा
उपमामा भरपुर मात्रामा फाइबर हुन्छ । यो पेटमा लामो समयसम्म रहन्छ । यसले राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ ।
मुंग दाल
मुंग दाल फाइबरको मुख्य स्रोत हो । यसमा फाइबरको साथसाथै प्रोटिन पनि हुन्छ । यो सबैभन्दा राम्रो नास्ता हो । यसले तौल पनि तीव्र गतिमा घटाउँछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।