माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन ।
बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताए । प्रदेश मार्फत एसईई सञ्चालनको लागि आन्तरिक छलफल भैरहेकोले एसईई खारेज हुने हल्लाको पछि नलाग्न उनले आग्रह गरे । प्रदेशबाट सञ्चालन गर्दा परीक्षाको खाका कस्तो हुने लगायतका विषयमा अहिले छलफल भैरहेको र केही समयमै टुङ्गोमा पुग्ने उनले बताए ।
शैक्षिक क्यालेण्डर अनुसार चैत महिनामै हुनुपर्ने एसईईको बारेमा अझै निर्णय नहुनु र खारेज हुने हल्ला चल्नुले विद्यार्थीमा अन्योल छ । संसदीय समितिले एसईई खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परे ।
अध्यक्ष शर्माले एसईई खारेज नहुने भएकोले ढुक्क भएर तयारी गर्न अनुरोध गरे । राष्ट्रिय शिक्षा नीति, २०७६ मा ‘आधारभूत तह अर्थात कक्षा ८ को अन्त्यमा हुने परीक्षा पालिका, कक्षा १० को अन्त्यमा हुने परीक्षा प्रदेश र कक्षा १२ को अन्त्यमा हुने परिक्षाको सञ्चालन,व्यवस्थापन र प्रमाणीकरण संघीय सरकारले गर्ने व्यवस्था मिलाइने भनिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।