बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रजातान्त्रिक र समाजवाद भन्दा पनि सहकारी आन्दोलन महत्वपूर्ण- सभामुख सापकोटा

प्रजातान्त्रिक र समाजवाद भन्दा पनि सहकारी आन्दोलन महत्वपूर्ण- सभामुख सापकोटा

दुर्गा श्रेष्ठ

२४, पौष २०७८
  • 1.8K
    SHARES

  • प्रजातान्त्रिक र  समाजवाद भन्दा पनि सहकारी आन्दोलन महत्वपूर्ण- सभामुख सापकोटा

    चौतारा:सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं ३ मा रहेको मिलिजुलि मातृशिशु बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारण सभा तथा चौथो अधिवेशन उदघाटन सम्पन्न भएको छ।

    बलेफी गाउँपालिका वडा नं ३ फुल्पिङकोटमा आयोजित कार्यक्रममा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा मातृशिशु बचत तथा ऋण सहकारी संस्था लि.को १२औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै सभामुखले प्रजातान्त्रिक र समाजवाद भन्दा पनि सहकारी आन्दोलन महत्वपूर्ण भएको बताउँदै सहकारी आन्दोलनले आर्थिक सामाजिक र सांस्कृतिक विकासमा मदत पुर्याउने बताए ।

    सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै सभामुखले सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गरेका छन् । सधैं जनताको काम गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

    कार्यक्रममा संस्थाको आ ब २०७७ ०७८ को प्रगति बिवरण , संस्थाको शेयरपुँजी , बचत र लगानी , आम्दानी र खर्च समेत प्रस्तुत गरिएको थियो ।

    शनिवार, पौष २४ २०७८०७:१७:५९

    सत्य तथ्य समाचार सम्प्रेषण

    सम्बन्धित समाचार