बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दा पटक–पटक स्थगित हुँदा हजारौँ हजार विद्यार्थी मारमा

लोक सेवा आयोगसँग सम्बन्धित मुद्दा पटक–पटक स्थगित हुँदा हजारौँ हजार विद्यार्थी मारमा

  • 1.3K
    SHARES

  • लोक सेवा आयोगसँग सम्बन्धित मुद्दा पटक–पटक स्थगित हुँदा हजारौँ हजार विद्यार्थी मारमा

    काठमाण्डाै – कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीवार स्थगित भएको छ ।

    यो मुद्दामा झन्डै साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन । हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । लामो समयदेखि मुद्दामा सुनुवाइ हुन नसक्दा लोक सेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको छ ।

    शाखा अधिकृत, नायब सुब्बा लगायत झन्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिए । लोक सेवाको तालिका प्रभावित हुँदा विद्यार्थी भने समस्यामा परेका छन् । कतिपय पालिकामा कर्मचारीको अभाव समेत हुन थालेको छ ।

    अप्राविधिकतर्फ शाखा अधिकृत, नायब सुब्बा र खरिदार सहित प्राविधिकतर्फका विद्यालय निरीक्षक र कृषि सेवातर्फका पदमा समेत समस्या देखिन थालेको छ । सङ्घीयता कार्यान्वयनमा गएसँगै समायोजनमा असन्तुष्ट रहेका कर्मचारीहरूले कानुनी उपचारमा गएसँगै सर्वोच्चबाट आएका अन्तरिम आदेशले नयाँ नियुक्तिका प्रक्रिया रोकिए । 

    शाखा अधिकृतको अन्तर्वार्ता दिइसकेको दुई वर्ष भइसकेर दुई वटा नयाँ विज्ञापन खुल्दा समेत परीक्षाको टुङ्गो नलाग्दा विद्यार्थीमा मानसिक र आर्थिक समस्या भएको छ  । पहिलेको परीक्षामा अन्तिम चरणसम्म पुगेकाहरू समेत त्यसको टुङ्गो नलाग्दा फेरि सुरुबाट तयारी थाल्नुपर्ने अवस्था आएको छ । 

     

    बिहिवार, पौष २२ २०७८०५:१४:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार