बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

चौतारामा रहेकाे श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको ७५ औ वार्षिक उत्सव सम्पन्न

चौतारामा रहेकाे श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको ७५ औ वार्षिक उत्सव सम्पन्न

  • 1.7K
    SHARES

  • चौतारामा रहेकाे श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको ७५ औ वार्षिक उत्सव सम्पन्न

    सिन्धुपाल्चोक चौतारा साँगाचोकगडी नगरपालिका स्थित रहेको श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको ७५ औ वार्षिक उत्सव तथा ४७ औ अभिभावक तथा पूर्व विद्यार्थी समाजको आठौँ भेला सम्पन्न भएको छ।

    उक्त कार्यक्रम बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल शरदले उद्घाटन गर्नु भएको हो ।

    पूर्व मन्त्री दूलालले हरेक क्षेत्रको विकासको लागि शैक्षिक क्षेत्र महत्त्वपूर्ण पाठ भएको बताउनु भएको छ। शैक्षिक सुधारका लागि जिल्लामा महत्त्वपूर्ण काम भएको छ ।त्यसमा सहकार्य गर्नको लागि आफूहरू निरन्तर लागि परेको दुलालको भनाई छ।

    वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धुब्रलाल श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ को वार्षिक शैक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । श्रेष्ठले आगामी दिन हरुमा भावी योजना तथा रणनीति प्रस्तुत गर्दै विद्यालयलाई जिल्लाका एक नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताउनु भएको थियो ।

    वार्षिक उत्सवको अवसरमा विद्यालयले चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, नेपाल पत्रकार माहासंघका अध्यक्ष जीवन श्रेष्ठ लगायत सो विद्यालयमा अध्ययन गरेर विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई सम्मान गरिएको थियो ।

    यस्तै सो अवसरमा विद्यालयको प्राङ्गणमा व्यक्तिगत खर्चमा सरस्वती मन्दिर निर्माण गरेका पूर्व विद्यार्थी सेनाका अवकाश प्राप्त जर्नेल डा । पूर्णबहादुर सिलवाललाई सम्मान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका संयोजक तथा वडा न ५ का वडा अध्यक्ष नरमान श्रेष्ठको अध्यक्षतामा पूर्व सांसद द्वय कृष्णराज श्रेष्ठ र सुवाष कर्माचार्य, नगरप्रमुख अमानसीं तामाङ विद्यार्थी अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

    सोमवार, पौष १९ २०७८०८:२६:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार