बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ओमिक्रोनको नयाँ लक्षण

ओमिक्रोनको नयाँ लक्षण

  • 1.0K
    SHARES

  • ओमिक्रोनको नयाँ लक्षण

    पछिल्लो समय फेरि वैज्ञानिकहरुले यसको लक्षणलाई लिएर गरेको अर्को अनुसन्धान बाहिरिएको छ ।

    अहिलेसम्म ओमिक्रोनको विषयमा गरिएका विभिन्न अनुसन्धानहरु बाहिरिएका छन् । लण्डनको किंग्स कलेज र स्वास्थ्य विज्ञान कम्पनी (जोए) का विशेषज्ञका अनुसार यदि बिरामीको छालामा असामान्य प्रकृतिको र्यासेज आउने र चिलाउने समस्या आयो भने यो ओमिक्रोन हुनसक्छ ।

    १, घमौरा र ठेउला जस्ता लक्षण 
    यो धेरैजसो कुहिँना, घुँडा, हात र गोडामा देखिन्छ । सानो तर रातो रङको स–साना दाना जस्ता चिलाउने बिबिरा आउँछन् । यसले एक हप्तासम्म दुख दिन्छ । 

    २, चिल्ब्लेन 
    चिसो मौसममा अत्यधिक चिसोले हातगोडा सुन्निने र रातो रगत जमेजस्तो हुने समस्या हुने गर्छ । तर अनुसन्धानले यो ओमिक्रोन हुँदा हुने लक्षण पनि भएको बताएको छ । यसमा चिलाउने र सुन्निने पनि गर्छ । केहीमा यो लक्षण संक्रमण सुरु भएपछि देखिन्छ । 

    ३,सेतो र्यासेज 
    अनुसन्धानका अनुसार छालामा अचानक आउने र्यासेजले निकै धेरै चिलाउने समस्या आउँछ । यो केही समयमा नै आफै हराएर जान्छ । यो शरीरको कुनै पनि भागमा आउन सक्छ । यो सामान्यतयाः एलर्जी भएको समयमा हुने गर्छ,यो ओमिक्रोनको लक्षण पनि हुन सक्छ । 

    सोमवार, पौष १९ २०७८०७:३९:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार