सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले १८ देखि ३५ वर्षका ४७ दशमलब ६ प्रतिशत पुरुषमा तालुखुइले रोगको समस्या देखिने गरेको छ । यो समस्या हटाउनका लागि मानिसहरु विभिन्न औषधिको प्रयोग गर्ने, विभिन्न विधि अपनाएर उपचार गर्ने गर्छन् । त्यसका लागि विभिन्न प्रकारका स्याम्फू, कण्डीशनर र सीरम प्रयोग गर्ने गर्छन् । तर, सबै कुराले समस्या समाधान नहुनेहरु धेरै छन् ।
महिला वा पुरुष जो कोही पनि पछिल्लो समय कपाल झर्ने समस्याले पीडित हुने गरेका छन् । कपाल झर्ने समस्या वंशानुगत, जीवनशैली, खानपान, केमिकल भएको स्याम्फू वा कण्डिसनरको अधिक प्रयोग आदि कारणले हुने गर्छ । यस समस्याको विषयमा हालै एउटा अनुसन्धान गरिएको छ ।
पुरुषहरुको कपाल झर्ने समस्यालाई एन्ड्रोजेनिक एलोपेसिया वा मेल प्यार्टन बाल्डनेस भनिन्छ । यो समस्यामा दिमागमा कोशिकाहरु सकिएपछि हुने गर्छ । जसले गर्दा नयाँ कपाल उम्रिँदैन । यो समस्या कपालको रौँहरुको नजिक रक्तनलीको कमि हुँदै जाँदा हुने गर्छ ।
त्यसपछि कपाल हटाएको एउटा भागमा प्याच लगाइयो । प्याच नलगाइएको भागमा भन्दा लगाइएको भागमा कपाल अत्यधिक छिटो पलाएको थियो ।
कपालको छिद«सम्म रक्तनलीहरु नपुग्दा कपाल पलाउने पोषक तत्वहरु पुग्दैन जसले गर्दा कपाल नै आउँदैन । नयाँ अध्ययनले कपाल झर्ने कारण शरीरका कोशिकाहरुमा पोषक तत्व प्रसार नहुनु र अक्सिडेटिभ तनावलाई विशेष ध्यान दिएको थियो । र, यसैमा आधारित भएर मुसामा कपाल उमार्न सफल भएका थिए । वैज्ञानिकले सेरियम न्यानोपार्टिकल्सलाई बायोडिग्रेडेबल पोलिथिन ग्लाइकोन लिपिड मिश्रणमा मिलाएर हाइल्यूरोनिक एसिडको प्रयोग गरी घुलनशील माइक्रोनीडल प्याच बनाए ।
प्याच भनेको आर्टिफिसियल कपाल वा प्रोस्थेटिक विग हो । न्यानोपार्टिकल्सलाई मिश्रणमा जोडियो । यसलाई परीक्षण गर्नका लागि मुसाको कपालमा कपाल हटाउने क्रिमको प्रयोग गरियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।