बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हिउँ खेल्न जाँदै हुनुहुन्छ ?अपनाउनुस् यी तरिका

हिउँ खेल्न जाँदै हुनुहुन्छ ?अपनाउनुस् यी तरिका

  • 1.2K
    SHARES

  • हिउँ खेल्न जाँदै हुनुहुन्छ ?अपनाउनुस् यी तरिका

     मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

     काठमाडौँमा वर्षासँगै चन्द्रागिरि, फुलचोकी, दामनलगायत उपत्यका आसपासका पहाडमा बुधबार हिमपात सुरु भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    उपत्यकामा पानी परेसँगै बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरु हिउँ खेल्न विभिन्न स्थानमा पुगिरहेका छन् । तर हिउँ खेल्न जाँदा सुरक्षाका उपाय अपनाउन बिर्सनु भने हुँदैन । तपाईं हिउँ खेलिरहनुभएको छ वा खेल्न जाने सोचमा हुनुहुन्छ भने दुर्घटना र चोटपटकबाट जोगिनका लागि यी कुरा ध्यान दिनुहोस् ।

    वरिपरिको स्थानबारे थाहा नभइकन नहिँड्नुहोस्ः

    हिउँमा धेरै नै सावधान हुनुपर्छ । आफू कुन ठाउँमा हिँडिरहेको छु, त्यसबारे पनि अवगत हुनुपर्छ । सावधान नभए चिप्लिएर लड्ने सम्भावना बढी रहन्छ ।

    चिसोका लागि पहिरनः

    तपाईं चिसोमा बाहिर जाँदै हुनुहुन्छ भने सुरक्षित रहनुहोस् – न्यानो हुनुहोस् । बच्चालाई पनि बाहिर लिएर जाँदै हुनुहुन्छ भने उनीहरुलाई केही खुवाएर लैजानुहोस् । क्यालोरीले उनीहरुको शरीरलाई चिसोमा न्यानो राख्न सहयोग गर्छ ।

    - यसका साथै अनुहारमा सनस्क्रिन पनि लगाउनुहोस् । हिउँ खेल्न जाँदा सनस्क्रिनको कुरा गर्दा थोरै अचम्म पनि लाग्ला तर यसले सूर्यको ८५ प्रतिशत हानिकारक विकिरणबाट जोगाउँछ ।

    - कटनको लुगा लगाउनुको साटो ऊनको वा अन्य कपडाको लुगा लगाउनुहोस् । लामो अण्डरवेयर, हाइनेक, स्वेटर र कोट लगाउन सकिन्छ । धेरै नै चिसो छ भने अरु लुगा पनि थप्न सकिन्छ । न्यानो मोजा वा बुट लगाउनुहोस् । टाउकोलाई टोपीले छोप्नुहोस् ।

    - एउटै गम्म परेको लुगा लगाउनुको साटो, धेरैवटा लुगा लगाउनुहोस् । माथिको लुगा पानी वा हिउँले भिजिहाले पनि त्यो फुकालेर भित्रको नभिजेको अर्को लुगामा रहन सक्नुहोस् ।

    - अत्यधिक चिसोमा धेरै समय नबिताउनुहोस् ।

    - घर गइसकेपछि भिजेका सबै लुगाहरु खोल्नुहोस् । यसले शरीरबाट अतिरिक्त हिट तानिरहेको हुन्छ । असाध्यै चिसो भएका शरीरका भागलाई मनतातो पानीमा डुबाउनुहोस् ।

    बिहिवार, पौष १५ २०७८११:५०:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार