बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

प्रावि तहका लागि १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन खुल्दै, परीक्षा भने आगामी चैत्रमा

प्रावि तहका लागि १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन खुल्दै, परीक्षा भने आगामी चैत्रमा

  • 2.1K
    SHARES

  • प्रावि तहका लागि १३ हजार ९३ स्थायी शिक्षकका लागि विज्ञापन खुल्दै, परीक्षा भने आगामी चैत्रमा

    शिक्षक सेवा आयोगले प्राथमिक विद्यालय तहका लागि १३ हजार ९३ स्थायी शिक्षकको विज्ञापन प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।

    माध्यमिक तहका लागि १५ सय ४७ र निमावि तहका लागि २५ सय ९८ शिक्षक माग गरेको आयोगले प्राथमिक तहका लागि ठूलो संख्यामा शिक्षक माग्न लागेको हो ।

    प्राथमिक तहका लागि आवश्यक शिक्षकको विज्ञापन प्रकाशन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अनुमति पर्खेर बसेको आयोगका उप सचिव एवं सूचना अधिकारी सुरेश मरहठ्ठाले मेगाखबरलाई बताए ।

    विद्यालयमा हाल रिक्त रहेको स्थान र आगामी चैत मसान्तसम्म विद्यालयमा रिक्त हुने स्थानमा खुला प्रतियोगिताबाट पदपूर्ति हुनेगरी प्रावि स्थायी शिक्षकका लागि विज्ञापन खुल्न लागेको हो ।

    एक दुईदिन भित्रै प्रावि शिक्षकका विज्ञापन प्रकाशन हुने उनले जानकारी दिए  । 

    मंगलवार, पौष १३ २०७८०४:१८:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार