मेलम्ची नगरपालिकाका विद्यालयका माध्यमिक तहका लेखा हेर्ने कर्मचारी तथा आधरभुत तहका प्रधानाध्यापकलाई विद्यालय लेखा हेर्ने तालिम आजबाट मेलम्चीमा सुरु भएको छ ।
२७ वटा विद्यालयका २७ जना तालिममा सहभागी छ्न । उनिहरुलाई विद्यालयको लेखा प्रणाली चुस्त दुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो ।
तालिम ५ दिन सम्म चल्ने छ । बाकी विद्यालयका लागि अर्को चरणमा तालिम संचालन गरिने पुडासैनीले बताउनुभयो ।
तालिमको सहजीकरण मेलम्ची नगरपालिकाका लेखा अधिकृत पुडासैनी सहायक लेखापाल श्याम शरण थापा जिन्सी शाखा प्रमुख जयराम घोरासैनिले गरिरहनु भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।