नेकपा माओवादी केन्द्रका समाजसेवी युवा नेता जुगल ७ निवासी लाक्पा तामाङको सहयोगमा जुगल गाउँपालिका वडा नं ७ स्थित रहेको जल देवी माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा १० को बिद्यार्थीहरुलाई कोचिङ सञ्चालन गर्ने भएको छ ।
जुगल ७ निवासी तामाङले आफ्नो व्यक्तिगत खर्च रु पचास हजार आर्थिक सहयोगमा आउदै गरेको यस वर्षको एस।ई।ई परिक्षा सहज र शिक्षाको स्तर बढाउने उद्देश्यले कोचिङ सञ्चालन गर्न लागेको हो ।
यस कार्यका लागि शिक्षक अभिभावक संघ र शिक्षकहरुको संयुक्त बैठक मार्फत छलफल गरी आगामी माघ २ गते देखि १ महिना कोचिङ कक्षा संचालनका लागि आवश्यक भुमिका निभाउन बिद्यालयको शिक्षक राजकुमार लामिछानेको जिम्मेवारी दिइएको छ ।
तामाङले भने म विद्यालयको अभिभावक संघको अध्यक्ष पनि भएकोले बिद्यालयमा आइपर्ने हरेक समस्यालाई सकेसम्म आफ्नै तवरबाट समाधान गरिरहेको र विगतका वर्षहरुदेखि नै कोचिङ कक्षा संचालन लगायतका शैक्षिक स्तरोन्नतिको विषयमा सोचिरहेको भएपनि यस पटक अगाडि बढेर यस कार्यलाई मुर्तरुप दिने अवसर जुरेको बताए ।
शिक्षाप्रेमी तामाङको यस उदाहरणीय कार्यमा बिद्यालय परिवारले पनि चासो दिएर साथ दिने भएको छ किनकी यस्ता शैक्षिक स्तरोन्नतिका विषयमा गम्भीर भएर ब्यक्तिगत रुपमा पहिलो पटक निस्वार्थ भावनाले त्यो पनि बिद्यालय परिवारकै सदस्यबाट भएको हुँदा सकारात्मक रुपले लिइएको छ ।
यस कोचिङ कक्षा संचालनले जुगल ७ का याङलाकोट,धुर्जगाउँ,चम्बोटे,दलितटोल,कलंसा,पेप्टा तिनघारे र सेर्माथान टोल लगायत लगायत छिमेकी वडाका समेत एस,ई,ई,मा सहभागी हुने विद्यार्थीहरु लाभान्वित हुने देखिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।