बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शारदा माविकाे ७१ औं वार्षिक उत्सवको दिन् अनेरास्ववियू (क्रान्तिकारी )ले गर्यो स्टेसनरी सहयोग

शारदा माविकाे ७१ औं वार्षिक उत्सवको दिन् अनेरास्ववियू (क्रान्तिकारी )ले गर्यो स्टेसनरी सहयोग

  • 2.2K
    SHARES

  • शारदा माविकाे ७१ औं वार्षिक उत्सवको दिन् अनेरास्ववियू (क्रान्तिकारी )ले गर्यो स्टेसनरी सहयोग

    अनेरास्ववियू (क्रान्तिकारी ) बाह्रविसे नगर कमिटी द्वारा श्री शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामान सहयोग गर्नु भएको छ ।

    आज श्री शारदा उच्च माध्यमिक विद्यालयको ७१ औं वार्षिक उत्सवको दिन् विद्यालयका १६ जना विद्यार्थीहरुलाई स्टेसनरी सामान वितरण गरेको हो ।

    अनेरास्ववियू (क्रान्तिकारी ) बाह्रविसे नगर कमिटीले विद्यार्थीहरुलाई पढाई प्रतिको रुची सँगै शैक्षिक गुणस्तर बृद्दि हुने उद्देश्यका साथ स्टेसनरी सामान वितरण गरेको बताए ।

    उक्त वितरण कार्यक्रममा जिल्ला सह सचिब विकेस लामा,बाह्रविसे नगर कमिटीका अध्यक्ष गणेश प्रधान,भोटेकोसी गाउँपालिका ईन्चार्ज सुदिप श्रेष्ठ लगायतको उपस्थितिमा बितरण गरेको बताए ।

     कार्यक्रममा विद्यालयका प्र।अ लिन प्रसाद सुवेदीले अनेरास्ववियू (क्रान्तिकारी )बाट विद्यालयको शैक्षिक स्तर सुधार र विद्यार्थीमा उत्प्रेरणा जगाउने काम गरेको भन्दै सरहाना व्यक्त गर्दै उक्त स्टेसनरी सामाग्रिहरु वितरण गरेकोमा अनेरास्ववियू (क्रान्तिकारी )प्रति प्र।अ सुबेदीले धन्यवाद दिनुभएको छ ।

    शुक्रवार, पौष ९ २०७८१०:२०:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार