बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शिक्षक सेवा आयोगद्वारा माग्यो २ हजार ५९८ शिक्षक

शिक्षक सेवा आयोगद्वारा माग्यो २ हजार ५९८ शिक्षक

  • 2.2K
    SHARES

  • शिक्षक सेवा आयोगद्वारा माग्यो २ हजार ५९८ शिक्षक

    शिक्षक सेवा आयोग सानोठिमीले आज निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा दुई हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

    आयोगले पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म अविलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्ने गरी स्थायी पदपूर्तिका लागि आज आह्वान गरेको हो । 

    आयोगले अङ्ग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०,सामाजिक अध्ययनमा ३५३,शुक्लयजुर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि दरखास्त आह्वान गरेको हो । परीक्षा भने आगामी चैत १७ गते हुने गरी मिति निर्धारण गरेको आयोगले जानकारी दिए ।

    बिहिवार, पौष ८ २०७८०७:१७:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार