बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जाडो मौसममा बढ्छ युरिक एसिड,नखानुस् यी खानेकुरा

जाडो मौसममा बढ्छ युरिक एसिड,नखानुस् यी खानेकुरा

मेगा खबर संवाददाता

२६, मंसिर २०७८
  • 3.5K
    SHARES

  • जाडो मौसममा बढ्छ युरिक एसिड,नखानुस् यी खानेकुरा

    जाडोमा रुघाखोकी, ज्वरो, हात गोडा दुख्ने, सुन्निने आदि समस्याहरूले धेरैलाई सताउने गर्छ । चिसो मौसममा युरिक एसिडको समस्या पनि उत्तिकै बढ्ने गर्छ ।

    चिसो मौसममा स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु आउने गर्छन् । चिसोमा जोर्नी सुन्निने र दुख्ने समस्या धेरै नै बढ्ने भएकाले यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाउन आवश्यक छ । जसका लागि केही खानेकुराको सेवन नगर्नु नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

    -मटर
    मटर प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । मटरलाई स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । धेरै मात्रामा यसको सेवनले शरीरमा युरिक एसिडको समस्या बढ्छ । 

    - दही
    चिसोमा दहीको सेवनले युरिक एसिडको समस्या बढ्छ । यसमा हुने ट्रान्सफ्याट हुने भएकाले शरीरलाई नोक्सान पुग्छ ।

    - दाल
    युरिक एसिडको समस्याबाट पीडित व्यक्तिहरुले बोक्रा भएका दालहरुको सेवन गर्नुहुँदैन । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ ।

    - चिसो पेयपदार्थ 
    युरिक एसिडको समस्या हुनेहरुले चिसो पेयपदार्थ खाने गर्नुहुँदैन । यसले हड्डीहरुमा समस्या बढाउँछ ।

     

    आइतवार, मंसिर २६ २०७८०६:५७:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार