पानी कम पिउने कारण शरीर पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा बिरामी हुने सम्भावना बढी हुन्छ ।
स्वास्थ्य विशेषज्ञका अनुसार चिसोमा केही खानेकुरा खाली पेटमा खाने गर्नुपर्छ । यसले विभिन्न रोगहरूलाई कम गराउँछ । जसले दिनभर उर्जावान बनाउँछ । चिसो मौसममा हाम्रो शरीरको पाचन प्रक्रिया सुस्त हुन्छ । त्यसैले चिसो मौसममा नियमित रुपमा खाली पेटमा यी खानेकुरा सेवन गर्नुपर्छ ।
मनतातो पानीसँग मह
चिसो मौसममा हरेक बिहान खाली पेटमा मनतातो पानी र मह मिसाएर पिउने गर्नुपर्छ । महमा मिनरल्स, भिटामिन, फ्लेवोनोइड्स र एन्जाइम हुने भएकाले पेट सफा राख्छ । मनतातो पानीमा मह मिसाएर पिउँदा पेटको सबै विषाक्त पदार्थहरु बाहिर निस्किन्छ । यसका साथै तौल कम गर्न पनि मद्दत मिल्छ ।
मेवा
मेवा हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसले पेटसम्बन्धी धेरै रोगहरु निको गर्छ । खाली पेटमा मेवा खानु उचित मानिन्छ । मेवा हरेक मौसम र स्थानमा पाइन्छ । यसलाई हामी सजिल्यै हाम्रो बिहानको खाजामा प्रयोग गर्न सक्छौँ । यसले कालेस्ट्रोल कम गर्छ । मुटुसम्बन्धी रोगहरु पनि टाढा राख्न भने तौल पनि नियन्त्रणमा राख्छ ।
ओटमिल
ओटमिलभन्दा राम्रो बिहानको खाजामा अरु कुनै पनि हुँदैन । तपाईं क्यालोरी र पोषक तत्व भरपुर भएको खानेकुरा खान चाहानुहुन्छ भने ओटमिल खाने गर्नुपर्छ । विषाक्ता पदार्थ बाहिर निकाल्न पनि यसले मद्दत गर्छ । यसले पेटलाई सफा राख्छ । ओटमिल खाँदा धेरै लामो समयसम्म भोक लाग्दैन । र तौल पनि नियन्त्रणमा रहन्छ ।
ड्राई फ्रुट्स
किशमिश, बदाम, पिस्ता आदि ड्राई फ्रुट्स खाँदा पेट सफा रहन्छ भने यसले स्वस्थ रहन पनि मद्दत गर्छ ।
भिजाएको बदाम
बदाममा म्यागाजिन, भिटामिन ई, प्रोटिन, फाइबर, ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पाइन्छ । बदामलाई सधैं राति भिजाएर राख्ने र बिहान खाने गर्नुपर्छ । बदामको बोक्रामा ट्यानिन हुन्छ । जसले पोषक तत्वहरुको अवशोषणलाई रोक्छ । बदाम भिजाएर खाँदा सजिल्यै बोक्रा निस्किन्छ भने यसले शरीरलाई तातो पनि राख्छ ।
भिजाएको ओखर
बदामजस्तै ओखर पनि भिजाएर खाँदा फाइदाजनक हुन्छ । दिनको सुरुवातमा भिजाएको ओखर खाँदा पोषक तत्व प्राप्त हुन्छ । २ देखि ५ वटा भिजाएको ओखर बिहान खाने गर्दा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।