काठमाण्डाै - कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस ल्याएका छन् । यस्तै, ४८ हजार २ सय ३९ जनाको ग्रेड ‘ए’ आएको छ ।
७० हजार १ जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ल्याउनेको सङ्ख्या ७५ हजार ८८ र ‘सी’ ग्रेड ल्याउनेको सङ्ख्या २४ हजार ५ सय १५ जना रहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ‘डी’ प्लस ल्याउने परीक्षार्थी ३ हजार ८७५ रहेका छन् भने ‘डी’ ल्याउने परीक्षार्थी २९६ जना छन् ।
१० हजार ७३ परीक्षार्थीले ‘ई’ ग्रेड ल्याएका छन् । परीक्षामा सहभागीमध्ये ४६ जना परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको छ भने चार जना परीक्षार्थीलाई आउँदाे एक वर्षसम्म बोर्डको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।
परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।
यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ ।
यस्तै १६०१ नम्बरमा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने छ । गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म १२ कक्षाको परीक्षा भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।