बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काँचो लसुन खानुका फाइदा

काँचो लसुन खानुका फाइदा

मेगा खबर संवाददाता

११, मंसिर २०७८
  • 1.4K
    SHARES

  • काँचो लसुन खानुका फाइदा

    चिसोमा खाने केही खानेकुराहरुले शरीरमा शक्ति दिन्छ । र,शरीरलाई चिसोबाट बचाउँछ ।

    चिसो मौसममा रोग प्रतिरोधी क्षमता कम हुने, चिसो लाग्ने, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्छ । यो मौसममा लसुनको केस्राले धेरै फाइदा गर्छ । हामीले खाने खानेकुराहरुमा केही यस्ता खानेकुराहरु पनि हुन्छन् जसलाई सुपरफुड मानिन्छ ।

    चिसोमा काँचो लसुन खानुका फाइदाहरु 

    –चिसोमा लसुनको सेवन गर्नाले जाडोमा जोर्नी दुख्ने समस्या कम हुन्छ ।
    –उच्च रक्तचापका बिरामीहरुले लसुनको सेवन गर्दा रक्तचाप सन्तुलनमा आउँछ ।
    –लसुनको सेवनले रक्तसञ्चार राम्रो हुन्छ ।
    –लसुनले रोग प्रतिरोधी क्षमता बढाउँछ । इन्फेक्शन र फ्लुबाट बचाउँछ । 
    –लसुन खाँदा कोलेस्ट्रोल कम हुन्छ । साथै, मुटु स्वस्थ राख्छ ।
    कुन समयमा सेवन गर्ने? 
    लसुनको सेवन बिहान खाली पेटमा गर्नुपर्छ । यसले लसुनमा हुने औषधिय गुणलाई बढाउँछ । यसका लागि घ्यूमा थोरै समय पकाएर खाँदा झनै राम्रो हुन्छ । 

    शनिवार, मंसिर ११ २०७८०५:५८:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार