बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने

काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने

मेगा खबर संवाददाता

२३, कार्तिक २०७८
  • 1.2K
    SHARES

  • काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने

    काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले थप पाँच वटा विद्यालयमा प्राविधिक विषयको कक्षा सञ्चालन गर्ने भएको छ ।

    आर्थिक वर्षदेखि दुई वटा विद्यालयमा कक्षा नौदेखि १२ सम्म प्राविधिक धारको कक्षा सञ्चालन गरेको महानगरले थप पाँच वटा विद्यालयमा कार्यक्रम विस्तार गर्न आवेदन आह्वान गरे ।

    प्राविधिक धारका कक्षा सञ्चालन गर्न इच्छुक विद्यालयले मंसिर २० गतेसम्म आवेदन दिन सक्नेछन् । विद्यालयमा हुने प्राविधिक धारतर्फका कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, बाली विज्ञान र पशु विज्ञान विषयका कक्षाको लागि महानगरपालिकाले नै खर्च बेहोर्नेछ ।

    ५० जना विद्यार्थी अट्न सक्ने कक्षाकोठा भएको, प्रयोगात्मक अभ्यासको लागि आवश्यक पर्ने विषयगत प्रयोगशालाको व्यवस्था गर्न सक्ने क्षमता भएको, स्नातकोत्तर शैक्षिक योग्यता भएकाे विज्ञान,गणित र अङ्ग्रेजी विषयका एक/एक जना शिक्षक भएको, प्रयोगात्मक अभ्यासका लागि खुला ठाउँ भएकाे र विद्यार्थीको सङ्ख्या अनुसार खाना/खानाको प्रबन्ध गर्न सक्ने क्यान्टिन भएका विद्यालयले आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ ।

    मंगलवार, कार्तिक २३ २०७८१०:१८:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार