अक्टोबर महिनामा मात्र ७४९ जनाले नेपालका विभिन्न १७ वटा हिमाल आरोहण गरे ।
नेपाल पर्वतारोहण संघका अनुसार गत १ अक्टोबरदेखि ३१ अक्टोबर, २०२१ सम्ममा ६९ नेपालीसहित ६८० जना विदेशी आरोहीहरूले नेपालका विभिन्न १७ वटा हिमाल आरोहण गरेका हुन् । अक्टोबर महिनामा मात्र कुल ८६ हजार ७५ अमेरिकी डलर अर्थात् एक लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
विभागका अनुसार उक्त अवधिमा नेपालीसहित विदेशी १९४ टोलीबाट ५६० जना पुरुष र १८९ जना महिलाले पर्यटन विभागबाट हिमाल आरोहणको स्वीकृति लिएका थिए ।
यी आरोहीहरूले माउन्ट चोला टीएसई, माउन्ट कायाजो रि, माउन्ट निरिखा, माउन्ट चेकिगो, माउन्ट लुप्चे वेस्ट, माउन्ट लार्का पिक, सिंगु चुली, मेरा पिक, क्वान्जिई, चुलु वेस्ट, चुलु इस्ट, आइसल्यान्ड पिक, फाचाम्बो, लोबुजे, रामाडुंग, पिसाङ पिक र गन्जा ला चुली (नया खाङ्जा) गरी १७ वटा हिमाल आरोहण गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।