बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै

बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै

मेगा खबर संवाददाता

१, कार्तिक २०७८
  • 1.9K
    SHARES

  • बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै

    बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ ।

    विश्वका कतिपय मुलुकमा  चर्चित चक्रीय अन्नपूर्ण पदमार्गस्थित  लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा यो झरना हेर्न केही दिनदेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको थालेको हो । 

    कोरोना सङ्क्रमणका कारण लामो समय सुनसानजस्तै रहेकामा अहिले यहाँ सङ्क्रमणको असर  कम हुँदै गएकाले झरना हेर्न आन्तरिक तथा बाह्य पर्यटक गरी १५० जनासम्म आउन थालेका छन् । केही दिनअघिसम्म मुस्किलले दुई चार पर्यटक आउने गरेकामा  पनि यतिबेला भने पर्यटक बढ्न थालेसँगै यहाँको चहलपहल बढ्न थालेको छ ।

    यो झरना  रमणीय एवं सुन्दर देखिने भएकाले पदमार्गमा आउने पर्यटक आकर्षित हुने गरेको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

    उनले भने, सदाबहार छङछङ झरिरहने झरनाले पर्यटक आकर्षित गरिरहेकाले विगतमा यस झरनामा दैनिक करिब चार सयसम्म पर्यटकले अवलोकन गर्दै आएका थिए । अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारीसाधनबाट जाने पर्यटक एकपटक बुङ छहरामा नहेरी जानै चाहाँदैनन् । तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि बनाएर तस्वीर लिने र  सेल्फी खिच्नेको भिड लाग्छ ।

    स्थानीयवासी आइतबहादुर गुरुङले भन्नुभयो, छहरा हेर्न रोकिने पर्यटकका कारण होटल व्यवसायसमेत फष्टाएको छ । केही दिनअघिदेखि १०० भन्दाबढी पर्यटकले  आवतजावत गर्न थालेको र तिनले झरना हेर्न रोकिने गरेकाले यहाँको आम्दानीसमेत बढ्न थालेको उनको भनाइ थियो ।  

    झरनाको वारी च्याम्चेमा होटल छन् । यहाँ लोकल कुखुरासँगै खाना, चिया कफीजस्ता पेय पदार्थ बेच्न व्यवसायीलाई फुर्सदै हुँदैन । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटरको दूरीमा पर्ने यो छहरा वर्षात्का बेला निकै ठूलो देखिने भएकाले झरना हेर्दै सेल्फी खिच्ने पर्यटक घण्टौँसम्म भुल्ने गरेको स्थानीयवासीको भनाइ थियो ।

    यतिबेला पर्यटक आगमनको  याम  भएको र कोरोना सङ्क्रमणको जोखिम पनि कम भएकाले दैनिक ठूलो सङ्ख्यामा पर्यटक ओहोर दोहोर गर्ने गर्छन् । भिरको बाटोमा मन सिरिङ्ग बनाउँदै हिँडेका पर्यटकले आँखै अगाडि ठोकिने झरना देख्दा सबै दुःख र थकान बिर्सने गरेको अनुमान भएको उनीहरूको भनाइ थियो ।

    त्यस्तै सोही पदमार्गको च्याम्चेकै अर्को अक्टोपस झरनाले पनि पर्यटकलाई थप आकर्षित गराउँदै आएको छ । यो  झरना बेँसीशहरस्थित चामे सडकको बीच भागमै झर्ने भएकाले पैदल तथा मोटरसाइकलमा जाने यात्रुलाई त रुझाउँछ नै । यो झरनाको तस्वीर खिचेर सामाजिक सञ्जालमा नहाल्ने सायद कमै होलान् । अत्यन्त मनमोहक यो झरना अक्टोपसको खुट्टा झैँ देखिन्छ । यहाँ आइपुगेर झरना हेर्दा स्वर्गको अनुभूति भएको पर्यटक युनिका पोख्रेलले बताए । 

    यस्तो झरना देख्दा नहेरी कहाँ मन मान्छ र, यति मात्र होइन, झरनासँगै सेल्फी त खिच्न छुटाउनै भएन । झरनामा पुग्दा आफूले आफैँलाई बिर्सेर स्वर्गमा पुगेको  अनुभूति भएको उनको भनाइ थियो  । उहाँजस्तै यहाँ आउने जो कोहीले पनि अवलोकन पछि स्वर्ग नै पुगेको  अनुभूति भएको बताउने गर्दछन् । 
    मनमोहक यस्ता झरनाको थप प्रचारप्रसारका साथै स्थानीय क्षेत्रलाई थप व्यवस्थित गर्नसके अझै थुपै्र पर्यटक आगमनले यहाँको व्यवसाय फस्टाउने पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए । 

    गाउँपालिकामा यी झरनासँगै अन्य झरना पनि राम्रो रहेकाले पर्यटन प्रवद्र्धन गर्नका लागि यी झरनाको गुरुयोजना बनाएर अघि बढ्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, “प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले झन आकर्षित गराउँछ ।” 

    सोमवार, कार्तिक १ २०७८०४:३८:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार