भिटामिन बी, सी, एन्टिअक्सिडेन्ट, फस्फोरस, पोटासियम र क्याल्सियमले भरिपूर्ण कीवी पोषक तत्वको पावरहाउस हो ।
हरियो रङको सानो देखिने कीवी गुणको खजाना हो । स्वास्थ्यका लागि यसको कमालको फाइदालाई मध्यनजर गर्दै स्वास्थ्यविद्ले सबैलाई किवी खान सल्लाह दिन्छन् । आउनुहोस्, कीवी खाँदा शरीरले कस्तो प्रकारको फाइदा पाउँछ ।
रक्तचापलाई नियन्त्रण गर्छ
सन् २०१४ को एक अनुसन्धानका अनुसार एकदिनमा लगभग २–३ वटा किवी खाँदा रक्तचाप कम हुन्छ । लामो समयसम्म यसको नियमित सेवन गर्दा उच्च रक्तचाप, स्ट्रोक, हृदयघात वा मुटुसँग सम्बन्धित रोग टाढै रहन्छ ।
रगत जम्न दिँदैन
किवीले रगत जम्न पनि दिँदैन । हरेक दिन २–३ वटा किवी खाँदा रगत जम्न पाउँदैन । यो फलले रगतमा बोसोको मात्रालाई काम गर्न पनि मद्दत गर्छ ।
घाउ छिटो निको हुन मद्दत गर्छ
तपाईंलाई घाउ लागेको छ वा तपाईंको शल्यक्रिया भएको छ भने किवी कुनै पनि हालमा खानुहोस् । यसले तपाईंलाई घाउ छिटो निको हुन मद्दत गर्छ । किवीमा पाइने प्राकृतिक तत्व र एन्टीब्याक्टेरियल एजेन्टले घाउलाई छिटो निको बनाउँछ ।
डीएनएको मर्मत गर्छ
तनाव, धुम्रपान, क्यान्सर, किमोथेरेपी, रेडिएशन, अत्यधिक औषधी र प्रदूषणको असर हाम्रो डीएनएमा पनि पर्छ । यसका कारण मृगौला, फोक्सो र दिमागसँग सम्बन्धित विभिन्न प्रकारका रोग लाग्छन् । किवीले डिएनएलाई सुधार्ने काम गर्छ । किवीको नियमित सेवनले पेटको क्यान्सरको खतरा कम हुने विभिन्न अनुसन्धानले देखाउँछ ।
इम्युनिटी बूस्टर
कीवीमा असाध्यै धेरै भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छ । यसले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र शरीरलाई रोगबाट टाढा राख्छ । कीवीलाई निकै राम्रो इम्युनिटी बूस्टर मानिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।