बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाण्डौ उपत्यकाका विद्यालय खुल्दै, हतार नगर्न विज्ञको आग्रह

काठमाण्डौ उपत्यकाका विद्यालय खुल्दै, हतार नगर्न विज्ञको आग्रह

मेगा खबर संवाददाता

१०, आश्विन २०७८
  • 2.6K
    SHARES

  • काठमाण्डौ उपत्यकाका विद्यालय खुल्दै, हतार नगर्न विज्ञको आग्रह

    काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने सकिने निर्णय गरेअनुसार आजदेखि धेरै विद्यालय खुल्दैछन् ।

    कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखदेखि बन्द भएका विद्यालय खुल्न थालेका हुन् । यसअघि सरकारले पालिकासँग समन्वय गरेर विद्यालय खुलाउन सकिने निर्णय गरे पछि काठमाण्डौ उपत्यकामा आंशिक रुपमा विद्यालय खुलेका थिए ।

    काठमाण्डौमा भने गएको बुधवार महानगरपालिकाले आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने निर्णय गरेको थियो । महानगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि भने अनिवार्य गरेको छैन ।

    शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडपर्वको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै रहेकाले चाडपर्व पछि मात्रै भौतिकरूपमा विद्यालय खोल्नु पर्ने अभिभावकको भनाइ छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले पनि दशैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै पालिकाले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निर्णय लिनुपर्ने बताउनु भएको छ । कोरोना सङ्क्रमणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उहाँको भनाइ छ ।

    राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले काठमाण्डौ उपत्यकामा अझै पनि कोरोना सङ्क्रमणको जोखिममै रहेकाले पालिकाले आ–आफ्नो तरिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्नु हतारको निर्णय भएको टिप्पणी गरे । 

    आइतवार, आश्विन १० २०७८१०:१०:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार