बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कक्षा १२ को परीक्षामा आमा–छोरा पनि सहभागी

कक्षा १२ को परीक्षामा आमा–छोरा पनि सहभागी

मेगा खबर संवाददाता

३१, भाद्र २०७८
  • 1.1K
    SHARES

  • कक्षा १२ को परीक्षामा आमा–छोरा पनि सहभागी

    देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा यहाँ आमा र छोरा पनि सहभागी भएका छन् । 

    कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा  राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले  दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।

    जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले आज  जानकारी दिए । 

    टीकाकुमारीले भनिन्, “बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ ।

    पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै यस माविमा आफूले छोरासँगै परीक्षा दिन लागेकी हुँ”। नयाँ पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा यहाँ पढाइको महत्वबारे चर्चा भएको छ ।

    बिहिवार, भाद्र ३१ २०७८१२:५९:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार