बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यि विद्यालय आइतबारदेखि खुल्ने

यि विद्यालय आइतबारदेखि खुल्ने

मेगा खबर संवाददाता

२६, भाद्र २०७८
  • 1.4K
    SHARES

  • यि विद्यालय आइतबारदेखि खुल्ने

    जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

    भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृतबहादुर पुनले बताए ।

    भेरी नगरपालिकामा हाल कोरोना सङ्क्रमणको अवस्था नरहेकाले विद्यालय खोल्ने निर्णय गरिएको उनले बताए । कोरोना सङ्क्रमण बढ्दै गएपछि गत वैशाखदेखि यहाँका विद्यालय बन्द रहेका थिए । कार्यढाँचामा सबै शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्ने, जोरबिजोर प्रणाली अपनाएर भए पनि भौतिक दूरी कायम गर्नुपर्ने लगायतका प्रावधान राखिएका छन् ।

    लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने भएपछि विद्यार्थी र अभिभावक खुशी भएका छन् । रोकिएको कक्षा ११ र १२ को परीक्षासमेत यही भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ ।

    शनिवार, भाद्र २६ २०७८०९:०२:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार