बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

मेगा खबर संवाददाता

२१, भाद्र २०७८
  • 2.7K
    SHARES

  • काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

    काठमाडौं, काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ ।

    काठमाडौं उपत्यका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधि सहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरिएको छ । 

    संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मेगाखबरलाई बताए । उनले भने,कोभिडको जोखिम नभएको ठाउँमा विद्यालय खोल्न सकिन्छ, भएको ठाउँमा खोल्ने कुरा हुँदैन । प्रशासनले असोज १ गतेदेखि विद्यालय खोल्ने औपचारिक निर्णय गरेपनि काठमाडौंका केही स्थानीय तहले भने पठनपाठन समेत थालिसकेका छन् । 

    सीसीएमसीबाट केही अघि स्वीकृत ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको थियो ।

    दोस्रो लहरको कोरोनाका कारण यसै शैक्षिकसत्रको सुरुदेखि नै प्रत्यक्ष रुपमा नभई अनलाइन वा अन्य सञ्चार प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएकामा भौतिक रुपमा नै विद्यालय खोल्ने बाटो खुला गरिएको छ । 

    सोमवार, भाद्र २१ २०७८०५:११:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार