बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको यस्तो चिन्ता

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको यस्तो चिन्ता

मेगा खबर संवाददाता

२०, भाद्र २०७८
  • 2.5K
    SHARES

  • मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको यस्तो चिन्ता

    काठमाडाै, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताएकी छिन् ।

    आज जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले देशमा भएको विभिन्न चरणको जनक्रान्तिले व्यवस्था परिवर्तन गरेपनि राजनीतिक अवस्था र अस्थिरतालाई परिवर्तन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेकिछिन् ।

    वर्तमान अवस्थामा राजनीतिज्ञहरुले जनताका अपेक्षा बुझ्न नसकेकाले दैनिक रुपमा सरकार परिवर्तनको खेल भइरहेको बताइन् । जननिर्वाचित बहुमतको सरकारलाई पनि राजनीतिज्ञहरुले स्वार्थ पूर्तिका लागि प्रयोग गर्दा देशमा अस्थिरता कायम रहेको उनको भनाइ छ ।

    व्यवस्था परिवर्तनसँगै नयाँ अभ्यास गरिरहेको प्रदेश र स्थानीय तहहरुले संघीय सरकारले सही नेतृत्व र दिशा दिन नसकेको उनले बताइन् । राजनीतिक अस्थिरतालाई हटाउन तीनै तहका सरकारले संविधानको व्यवस्था अनुसार जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई जोगाउनु पर्ने उनले बताइन् ।

    संविधानमा नै तीन तहका सरकारको अधिकार तोकिएको भए पनि सो लागू हुन नसक्दा जनभावना अनुकुलका काम र स्थायित्व हुन नसकेको उनको गुनासो छ ।

    तिनै तहका सरकार बीच समन्वय नहुँदा लक्ष्य अनुसारको विकास निर्माणको कामले गति दिन नसकेको उनले बताइन् ।मुख्यमन्त्री शाक्यले तीनै तहको सरकारले भौतिक पूर्वाधारलाई नै विकास ठानेर बार्षिक बजेटलाई त्यसतर्फ केन्द्रीत गर्न नहुने बताइन् ।

     

    आइतवार, भाद्र २० २०७८०१:४५:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार