बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको दिन जनैपूणिर्मा किन मनाइन्छ त ?

आजको दिन जनैपूणिर्मा किन मनाइन्छ त ?

मेगा खबर संवाददाता

१९, श्रावण २०७७
  • 3.7K
    SHARES

  • आजको दिन जनैपूणिर्मा किन मनाइन्छ त ?

    श्रावण १९, काठमाँडाै । जनैपूणिर्मा, श्रावण शुक्ल पुर्णिमाको दिन आज जनैपूणिर्मा तथा रक्षाबन्धन पर्व मनाइदै छ । यसैदिन आत्माको शुद्धीकरण र शरिरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट यस मन्त्रसहित रक्षाबन्धन बाध्ने प्रचलन रहेको छ । " योनबद्रो बलिराजा दानवेन्द्रो महाबल तेनत्व प्रतिवधामी रक्षेमा चलमा चल " ।

    सत्ययुगमा दानवद्यारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाधिए , त्यसैले म तिमिलाई बाध्छु त्यसैले तिमी सुरक्षित बन विचलित नहोउ भनि धागो र डोरो बाधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा हिन्दु धर्मावलम्बी बिच आज पनि त्यत्तिकै प्रचलनमा आएको छ ।

    आजका दिन दिदिबहिनीले आफ्ना दाजु- भाईको दिर्घायु र सफल जिवनको कामना गरि हातमा कलात्मक राखी बाधी आफ्नो रक्षाको वचन लिने चलन छ । आज पशुपतिनाथ , कुम्भेश्वोर , गोसाइँकुण्ड , गगासागर , दुधपोखरी , त्रिवेणि , पाँचपोखरी , भैरबकुण्ड , दुघपोखरि लगाएतका विभिन्न स्थानमा पवित्र स्नान गरि महादेवको पुजा अर्चना गर्न भक्तजनहरुको ठूलो घुइँचो लाग्दछ ।

    आजकै दिन एघार थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उम्रेपछी क्वाटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाटी खानाले शरीरमा रोग नलाग्ने पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरिरमा तापसन्चार हुने विश्वास गरिन्छ ।

    सोमवार, श्रावण १९ २०७७११:३९:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार